पूर्वप्रधानमन्त्री माधव नेपालको भनाइ : “राजनीतिक प्रतिशोधस्वरूप मलाई मुद्दा लगाइएको हो” काठमाडौं, १६ साउन — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्पष्ट शब्दमा भने, “यो सबै राजनीतिक षड्यन्त्र हो। कुनै पनि भ्रष्टाचारको कुरा […]
फ्लास न्यूज
शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाले गलत प्रचार गरे : दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]
कोटीहोमका लागि रुख काटेका ७ जनाविरुद्ध ४ महिनापछि मुद्दा दायर
पोखरा । केही समयअघि पोखरामा आयोजित ‘कोटीहोम महायज्ञ’का लागि रुखहरू अवैधानिक रूपमा काटिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो। सार्वजनिक आलोचना र विरोधपछि महायज्ञ स्थल समेत परिवर्तन गरी बिरौटामा सारिएको थियो। अब भने उक्त घटनासँग सम्बन्धित सातजनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। डिभिजन वन कार्यालय, कास्कीले पोखराको विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका […]
महाराजगञ्जमा बर्थडे केक काट्दै गरेका चक्रे मिलन पक्राउ
काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]
रञ्जिता पक्षका एक सांसदले दिए सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सोही पार्टीकै सांसदले विश्वासको मत दिएका छन् । बिहीबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २० औँ बैठकमा विश्वसको मत लिएका शाहलाई नाउपाकै सांसद्ले विश्वासको मत दिएका हुन् । आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । […]
माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा
माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]
आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा
काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ । साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तभएको भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी […]
ओली–देउवा भेट्दै, मन्त्री हेरफेरका बिषयमा छलफल हुने
काठमाडौं । मन्त्री हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ । छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको […]











