ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकका तयारी पूरा भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। असोज २८ गते सुरु भएको बैठक कातिक १ गते स्थगित भएको थियो। सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बैठक स्थगित भएको थियो। त्यसपछि […]
फ्लास न्यूज
काठमाडौंमा काश्मिरको सम्झना
काठमाडौं । पाकिस्तानी दूतावासले काठमाडौंमा “काश्मिर – कब्जा अन्तर्गत मानव र आर्थिक अधिकारको मुद्दा” विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ७८ वर्षअघि २७ अक्टोबर १९४७ मा भारतीय सेना सृङ्गार विमानस्थलमा अवैध प्रवेश गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको स्मरण गरिएको थियो । यसबाट आधुनिक इतिहासकै एक दीर्घकालीन विवादको शुरुआत भएको भन्दै कालो दिनको रुपमा स्मरण […]
बन्चरेडाँडामा फोहर विसर्जन गर्न पुनः अवरोध
नुवाकोट । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् । फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध […]
सोल्टी होटलको लाभांश घोषणा
काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा त्रिभुवन […]
आज पनि घट्यो सुनको भाउ
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला २ […]
प्रधानमन्त्रीले त्रिपक्षीय छलफल गर्ने
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले […]
काठमाडौंमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न १५ पक्राउ, एकमात्र स्थायी बासिन्दा
काठमाडौँ । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका १५ जनामा एकजना मात्र काठमाडौ उपत्यकाको स्थायी बासिन्दा रहेका छन् । अन्य एकजना भारतीय र बाकी सबै उपत्यका बाहिरका जिल्लाबासी […]
सिन्धुलीमा कार दुर्घटना, एकको निधन दुई घाइते
सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई करिब ४२ फिट तल खस्दा मोरङका ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो। मृतक अर्जेलको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल […]
प्रहरी प्रभाग भैसेपाटीको भवन स्थानीयले गरे पुनर्निर्माण र हस्तान्तरण
ललितपुर । भदौ २४ गतेको जेड जेड आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनर्निर्माण समितिले पुनर्निर्माण सम्पन्न गरी मंगलबार औपचारिक कार्यक्रममार्फत प्रहरीलाई भवनका संरचना हस्तान्तरण गर्यो। पुनर्निर्माण समिति संयोजक सुमन महतका अनुसार भदौ २६ गते […]
मुक्तिनाथमा भिषण हिमपात
मुस्ताङ ।मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् । मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको […]










