बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा पौडेलले पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी राजीनामा पत्र लेखेका छन् ।
राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टी परित्याग गरी स्वतन्त्र रहने उनको दाबी छ । पौडेल एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनी एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत थिए ।
पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए ।
पौडेलले आफूलाई सरकारी नियुक्ति दिन सहयोग गरेका भन्दै पार्टी उपााध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री लिला गिरीलाई धन्यवाद व्यक्त गरेका छन् ।






