४.९८ अंकले घट्यो सेयर बजार, ८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य […]

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन जारी

काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई अवज्ञा गर्दै बाराको सिमरामा युवाहरूले विरोध प्रदर्शनजारी राखेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बढ्दो तनावका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। आदेश अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ–बायाँ ५ सय […]

एमाले र जेनजी युवाबीचको झडपले सिमरा तनावग्रस्त, कर्फ्यू आदेश जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका […]

बाराको तनावपछि काठमाडौँबाट विमान उड्न सकेन

काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो । सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए । उक्त विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता रहेको र उनीहरूकै […]

बङ्गलादेशले शेख हसिनाको विषयमा चाल्यो अर्को ‘कठोर’ कदम

काठमाडौँ । बङ्गलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकारले शेख हसिनाकाे विषयमा ‘कठाेर’ कदम चालेकाे छ । युनुसको अन्तरिम सरकारले प्रेस सेन्सरशिप लागू गर्ने दिशामा कदम चालेको छ । विशेष न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि, युनुस सरकारले छापा, इलेक्ट्रोनिक र अनलाइन मिडिया आउटलेटहरूलाई अपदस्थ प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित कुनै पनि बयान प्रकाशित वा प्रसारण […]

मेयर सुनिल प्रजापति भन्छन्, “ओलीको अहंकारले क्षति ब्यहोर्नुपर्यो’

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेनजी आन्दोलनका क्रममा व्यापक क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ, घमण्ड, अहंकार र अदुरदर्शीता प्रमुख कारण रहेको बताएका छन् । एक रेडियो अन्तर्वार्ताका क्रममा उनले आन्दोलनमा ओली प्रमुख जिम्मेवार भएका बताए । “भ्रष्टाचारको अन्त्य र सुशासन कायम […]

संसद पुनर्स्थापनाको रिट बोकेर आइतबार एमाले सर्वोच्च जाने

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनाकाे मुद्दा लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो । साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा […]

महेश बस्नेत बारा आउने थाहा पाएपछि जेनजीले घेरे सिमरा विमानस्थल

बारा । नेकपा एमालेका नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारापुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म पुगेका भने छैनन् । सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा […]

सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बुधबार बिहान जेन-जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बिहान साढे १० बजे बुद्ध एयरमार्फत सिमरा विमानस्थलमा अवतरण गर्ने जानकारी सार्वजनिक भएपछि जेन्जी समूहले विरोध प्रदर्शन गर्न पुग्दा स्थिति एकाएक तनावग्रस्त बनेको हो । विरोधका बीच जेन्जी […]

भक्तपुरमा ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम’ शुरु

भक्तपुर । ‘राष्ट्रको लागि दुई घण्टा’ अभियानले वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम शुरु गरेको छ। नेपाल फुलबारीको प्राविधिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा कार्यक्रम शुरु गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् । कार्यक्रममार्फत विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक वातावरण संरक्षणका व्यवहारिक अभ्यास सिकाइने र लागू गराइने अभियानका अध्यक्ष मधु ढुङ्गेलले जानकारी गराए । गठ्ठाघरस्थित […]