एक महिनादेखि सम्पर्कविहीन असई युवतीसहित मृत भेटिए

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई पाँचखालस्थित सामुदायिक वनमा युवतीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बलको १५ नम्बर गण, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ को ठुली सामुदायिक वनभित्र रहेको […]

आफ्नै सहकर्मीको सिकार भएको महिला अधिकृतको आरोप

काठमाडौं । निजामती सेवाकी एक महिला अधिकृतले आफ्नै सहकर्मीले बलात्कार गरेको पीडा पोखेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफू मानसिक पीडामा रहेको उनले बताइन् । जबरजस्ति करणीको मुद्धामा पिडक काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको र उच्च अदालतले पनि जिल्लाको फैसला सदर गरिदिँदा आफू अन्यायमा परेको उनले पीडा व्यक्त गरिन् […]

दिल्लीको सन्देश : रोजाइमा रवि, बालेनप्रति आशंका

काठमाडौं । नेपाल–भारत सम्बन्धमा देखिएको पछिल्लो तरंगबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नयाँदिल्ली भ्रमणलाई सामान्य राजनीतिक भेटघाटका रूपमा मात्र हेरिएको छैन। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको भ्रमणमा दिल्लीले नेपालको नयाँ सत्ता समीकरणलाई कसरी हेरिरहेको छ भन्ने संकेत दिएको छ । रविलाई दिल्लीमा दिइएको उच्चस्तरीय स्वागत, भाजपा मुख्यालयमा विशेष कार्यक्रम […]

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल […]

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । […]

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली […]

८ महिला संगठनहरुले मागे प्रधानमन्त्रीको राजिनामा

काठमाडौं । ८ विभिन्न महिला संघ संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार उनले दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजिनामा माग गरिएको हो । ८ संघसंगठनले सोमबार संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले संसदमा दिएको “भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ ” भन्ने […]

सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल

काठमाडौँ । प्रतिपक्षको विरोधकाबिच सभामुख डाेलप्रसाद अर्यालले जबरजस्ती संसद्को नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जानेबारे छलफल गरेको एमाले प्रमुख सचेतक ऐन महरले […]

कृष्णबहादुर महरालाई १ लाख धरौटी माग्ने अदालतको आदेश

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन […]