काठमाडौँ । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् । उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् । उनी भाजपाकै निमन्त्रणमा भारत गएका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा […]
फ्लास न्यूज
घरबाटै हराएकी रमाको विभत्स हत्या, खोलामा बोराभित्र भेटियो शव
विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको किनारमा फेला परेको थियो । प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी […]
बालेनको अभिव्यक्ति खतरनाक, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताएका छन् । सो अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गरेका छन् । ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा […]
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका […]
आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहेको छ । यो मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी […]
लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा
काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा लफडाबिच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन्। साथै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्। मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रममा झम्टिएका थिए। एमालेका ऐन महरले सांसदहरूको जिउमा चढेर रोष्ट्रमतर्फ लम्किँदा […]
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नभएको […]
प्रचण्डको स्वास्थ्य बाहिर चर्चा भएजस्तो गम्भीर नरहेको पुष्टि
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था बाहिर चर्चा भएजस्तो गम्भीर नरहेको पुष्टि भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनमा प्रचण्डलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ। चिकित्सकीय परीक्षणका क्रममा उनलाई हल्का निमोनिया संक्रमण देखिएको र त्यसअनुसार उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य सुधारोन्मुख […]
प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ : भीमार्जुन आचार्य
काठमाडौं । संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए । उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको […]
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषय राष्ट्रघाती
काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषयमा थप प्रष्टिकरण र प्रधानमन्त्रीको जवाफ मागेका छन् । भारतीय जमिन नेपालले पनि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको भनाई राष्ट्रघाती रहेको नेकपाका नेता वर्षमान पुनले बताए । संसदमा आज प्रधानमन्त्रीले सोकुरा बोलेर बाहिरिएका थिए । संसद भवन प्राङ्गणमा मिडियासँग बोल्दै नेकपाका नेता पुनले प्रधानमन्त्री बालेनको यो भनाई […]











