सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही […]

सन् २०२६ मा खनालको दावी : नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए । खनालले विश्वको शक्ति […]

यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ। यथास्थितिमा सीमित […]

आजबाट अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ भएको छ । येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले तयार पारेको यो पात्रो विश्वका धेरै मुलुकमा प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रो अनुसरण गर्नेहरूले आज शुभकामना साटासाट गर्दै विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् । इस्वी […]

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो […]

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]

रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् । बुधबार दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् । ‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना […]

राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति (पूर्णपाठसहित)

काठमाडौं । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगे रवि

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा पुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ अदालतका सूचना अधिकारी रामबहादुर किसानले […]

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]