बसमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने सांसद पक्राउ

काठमाडौं, २३ भदौ । पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । सार्वजनिक यातायातमा विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ अभियोगमा पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले बताइन । उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुर्व्यवहार गरेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन […]

सरकारले छान्यो मुलुकभरका १०१ उत्कृष्ट शिक्षक

काठमाडौं । सरकारले मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  सामुदायिक विद्यालयका ७७,  संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । […]

सुविधा थपेर उच्चशिक्षाको गुणस्तर सुधार्दै अनुदान आयोग

काठमाडौँ, २३ भदौ । विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा ‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’ क्यूएए कार्यक्रम लागू गरेपछि क्याम्पसहरु स्वमूल्याङ्कनसहित सुध्रन थालेका छन् । विश्वविद्यालय मातहतका क्याम्पसहरुको संस्थागत समग्र सुधारका न्यूनतम शर्त र पूर्वाधारका लागि विभिन्न चरण पार गराई यो कार्यक्रमबाट पुरस्कृत गरी आयोगले सन् २००९ देखि अनुदान बढाएपछि क्याम्पसहरुले गुणस्तर वृद्धिको आधार तय भएको हो । […]

बाल बैज्ञानिकका नामले परिचित बालक नगद तथा ताम्रा पत्र सहितको बाल प्रतिभा पुरस्कारबाट सम्मानित

सर्लाही हरिवन- ४सासापुर घर भई लालबन्दी-२ स्थित नवजीवन विद्याश्रम मावि जुटपानीमा अध्ययनरत बालक निश्चल पौडेललाई काठमाडौंमा रहेको कार्तिकेय ट्रस्टले बाल प्रतिभा पुरस्कार- २०७५ बाट सम्मान गरेको हो । कार्तिकेय ट्रस्ट ले शनिवार काठमण्डौ स्थित रास्ट्रीय सभा गृहमा ट्रस्टका अध्यक्ष मोहन कार्कीको अध्यक्षता एवम वरिष्ठ साहित्यकार सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको एक भब्य कार्यक्रमका बिच नगद […]

गण्डकी प्रदेशमै उत्कृष्ट बनेका यी विद्यालय भए पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट विद्यालयहरु पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा ति विद्यालयहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयतर्फ प्रदेशमै पहिलो बन्न सफल शितलादेवी मा.वि., दोश्रो स्थान हासिल गर्न सफल बाग्लुङको गणेश मा.वि. तथा तेश्रो स्थान हासिल गर्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि. […]

सामुदायिक विद्यालयमा फरक पहिचान बनाउँदै वरुणेश्वर मावि

ओखलढुङ्गा, २३ भदौ । ओखलढुङ्गाको वरुणेश्वर माध्यमिक विद्यालय पाँचौँ पटक प्रदेश नं १ कै नमूना विद्यालय बनेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरको ६८ वर्ष पुरानो विद्यालय पाँचौँ पटक लगातार प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको हो । विसं २०७१ देखि २०७५ सम्म प्रदेश नं १ का सबै सामुदायिक विद्यालयमध्ये वरुणेश्वर मावि नमूना विद्यालय घोषणा […]

आयोगले निकाल्यो दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख जिल्लाको प्राथमिक तहको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले आइतबार दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख जिल्लाको नतिजा प्रकाशन गरेको छ । त्यसैगरी शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला, कालिकोट र […]

यी हुन् शिक्षा दिवसको अवसरमा पुरस्कृत भएका उत्कृष्ट विद्यालय र क्याम्पसहरु

काठमाडौं । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरेको छ । आइतवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहकाबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उत्कृष्ट विद्यालयहरुलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरेका हुन् । माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) तर्फ सामुदायिक विद्यालयहरुमा उत्कृष्ट नतिजा हासिल […]

शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको अन्तिम फैसला २४ गते तोकियो

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्रको विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने भएको छ । आइतवार दुवै तर्फको बहस सकिएको छ । बहस सकिए पनि फैसला लेख्न ढिलाइ भएको र फैसला भदौ २४ गते सुनाइने अदालतले जनाएको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो […]

शिक्षाको सवलीकरणका लागि तीनै तहका सरकारसँग समन्वय अपरिहार्यः महानिर्देशक पौडेल

काठमाडौं, २२ भदौ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सार्वजनिक शिक्षाको सवलीकरण गर्न तीनै तहका सरकारसँग समन्वय गरिने बताएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सो कुरा बताएका हुन् । पौडेलले अपिलमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक […]