सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

मध्यपुरथिमि, २५ भदौ । बिपी नेत्र प्रतिष्ठानले प्रदेश नं ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण अभियान शुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा सो अभियान शुरु भइसकेको प्रतिष्ठानका तालिम संयोजक राम केसीले जानकारी दिए । अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम शुरु गरिएको र यसपछि जिल्ला जिल्लामा विद्यालय […]

विद्यार्थीलाई विषादी न्यूनीकरण सचेतना अभियान

काभ्रेपलाञ्चोक, २५ भदौ । पाँचखाल नगरपालिकास्थित माविका विद्यार्थीका लागि तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लभ ग्रिन नेपाल नामक संस्थाले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका मावि तहका विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे भदौ दोस्रो साताबाट सचेतना गराउँदै आएको हो […]

अस्थायी शिक्षकका माग पूरा गराउन २९ गतेदेखि निर्णायक आन्दोलन हुने

काठमाडौं । अस्थायी शिक्षकहरुले विगतको सहमति कार्यान्वयन गर्न २ नम्बर प्रदेश सरकारलाई २ दिने अल्टिमेटम दिएका छन् । विगतमा भएको प्रदेशबाट एक जना पनि अस्थायी शिक्षकलाई विस्थापित हुन नदिने मौखिक सहमति पालना गर्न भदौ २६ गते सम्मको अल्टिमेटम दिइएको हो । मंगलवार अस्थायी शिक्षकहरुले २ नम्बरका मुख्यमन्त्री लालबाबु राउत र कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई अल्टिमेटम […]

शिक्षक विज्ञापनको खारेजी मुद्दाले मंगलवार पालो नै पाएन, भदौ २९ गते फैसला हुने

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला आज हुने भनिए पनि पालो नआएपछि भदौ २९ गतेका लागि सरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । आज दोस्रो नम्बरमा पालो परेपनि कृषि विकास बैंकको […]

शिक्षा ऐन संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभामा रस्साकस्सी, प्रतिपक्षीको कडा आपत्ती

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि प्रतिनिधि सभामा छलफल भएको छ । विधेयक माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विधेयकमा धेरै प्रश्नहरु उठाएका छन् । कांग्रेस सांसदहरुले विधेयकमा उल्लेख गरिएको विश्वविद्यालय सभाबाट पारित निर्णयलाई अध्यक्षबाट प्रमाणित गराउनु पर्ने संशोधित व्यवस्थाले राजनीतिक प्रभाव […]

हेर्नुहोस् प्राथमिक तहको झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्ने क्रममा आयोगले झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाको नतिजा प्रकाशन गरेको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको […]

निजी स्कूलमा देशकै उत्कृष्ट विद्यालय बन्यो रिलायन्स एकेडेमी

काठमाडौं । नेपालभरिका संस्थागत विद्यालयलाई पछि पार्दै रिलायन्स इन्टरनेसनल एकेडेमी भाद्र २२ गते ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा नेपाल सरकारद्वारा प्रदान गरिने उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित भएको छ । कार्यक्रममा नेपाल सरकारका तर्फबाट सम्माननीय उप–प्रधानमन्त्री तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलको हातबाट रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपलले […]

शैक्षिक अवस्था सुर्धान स्थानीय सरकार सक्रिय

जाजरकोट, २४ भदौ । शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले स्थानीय तहले शैक्षिक बहस कार्यक्रम शुरु गरेका छन् । विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाइ उपलब्धि भारी बढाउने उद्देश्यले जिल्लाको भेरी नगरपालिकाले आफ्ना माताहातका सबै विद्यालयका प्रधानाध्यापक र सरोकोरवाला निकायसँग संयुक्तरूपमा अन्तक्र्रिया गरेको छ ।  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाई राज्यको लगानीलाई […]

सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

खलङ्गा, २४ भदौ । जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ । फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा सहयोग गरेको छ । […]

दोलखाभरि विज्ञान शिक्षकको हाहाकार

दोलखा, २३ भदौ । जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ । आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो । जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा […]