देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने

काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]

‘सर्वहारा पार्टीको सरकारले विद्यालय कर्मचारी र इसिडि शिक्षकलाई भोकभोकै मर्नुपर्ने किन बनायो ?

काठमाडौं । राष्ट्रिय सभाका सदस्य चक्रपसाद स्नेहीले सरकारमा सर्वहारापार्टीको नेतृत्व भएपनि विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको अवस्था भने दिनदिनै दयनीय हुँदै गइरहेको बताएका छन् । बिहिवार राष्ट्रिय सभामा आफ्नो धारणा राख्दै सांसद स्नेहीले उमावि शिक्षक, इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुको न्यायपूर्ण व्यवस्थापन गर्न सरकारको ध्यानाकर्ष गराएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा ३५ हजार ३१८ विद्यालय […]

नेपालको विश्वविद्यालय शिक्षामा शुद्धिकरण गर्नैपर्ने यी कुरा

नेपालको विश्वविद्यालय शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो । अंग्रेजले मद्रास, कलकत्ता र मुम्बइमा विश्वविद्यालय सन् १८५७ मा खोलिसकेका थिए । यसरी हेर्दा राणाहरु भन्दा अंग्रेजहरु जनताप्रति बढी उदार […]

हेर्नुहोस धनकुटा, सुनसरी, मोरङसहित अहिलेसम्म आयोगले सार्वजनिक गरेका जिल्लाको प्राथमिक तहको सबै नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले पछिल्लो समय पूर्वाञ्चलका थप तीन जिल्लाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्ने क्रममा आयोगले धनकुटा, सुनसरी, मोरङ जिल्लाको नतिजा प्रकाशन गरेको छ । यहाँ आयोगले अहिलेसम्म प्रकाशित गरेका सबै जिल्लाको नतिजाको […]

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

काठमाडौँ। शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न सक्ने तत्परता जस्ता […]

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

रामपुर, २७ भदौ । पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५०५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो । गाउँपालिकाभित्र […]

शिक्षकहरुको सरुवा पूर्णतः रोक्न मन्त्रालयले ७७ जिल्लामै गर्यो यस्तो परिपत्र (परिपत्रसहित)

काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न नगराउन निर्देशन दिएको हो । शिक्षक सेवा आयोगबाट खुला परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई […]

शिक्षक पदपूर्तिको परीक्षा सञ्चालन सम्बन्धी सूचना

दाङ । जिल्लाको राप्ती गाउँपालिकाले शिक्षक पदपूर्तिको परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ । गाउँपालिकाले विभिन्न विद्यालयहरुमा फरक फरक समयमा परीक्षा सञ्चालन गर्ने भएको छ ।  

शिक्षक लाईसेन्स: प्राथमिक तहको विषयगत प्रश्न संगालो

काठमाडौँ, २५ भदौ, । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत् विषयगत प्रश्नोत्तर तथा पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने खण्ड ख र खण्ड ग अन्तर्गत शिक्षण सिकाइका तौरतरिका विधि, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षणका केही प्रश्नहरु लिएर आएका छौँ । […]

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु तोकिए (हेर्नुहोस पूरा केन्द्रहरुको सूची)

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । हेर्नुहोस परीक्षा केन्द्रहरु