शिक्षक लाईसेन्स: प्राथमिक तहको विषयगत प्रश्न संगालो

काठमाडौँ, २५ भदौ, । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत् विषयगत प्रश्नोत्तर तथा पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने खण्ड ख र खण्ड ग अन्तर्गत शिक्षण सिकाइका तौरतरिका विधि, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षणका केही प्रश्नहरु लिएर आएका छौँ ।

यी पनि हुन् अध्यापन अनुमतिपत्र प्राथमिक तहमा सोधिने केही प्रश्नहरु

तहः प्राथमिक

प्रश्न नं. १. भाषाका सिपहरु उल्लेख गरी प्राथमिक तहको नेपाली भाषा विषयमा लेखाइ सिप शिक्षण गर्दा प्रयोग गर्न सकिने तीनओटा कार्यकलापहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं २. “३६ ” मा दिएको अङ्कमध्ये कुन ठूलो छ ? भन्ने प्रश्न गर्दा जवाफमा ६ ठूलो भनी उत्तर दिने बालकको पूर्व सिकाई र त्रुटि क्षेत्रको विश्लेषण गरी ३६ मा ३ ठूलो हो भन्ने धारणा दिन के कस्ता कार्यकलापहरुद्वारा शिक्षण गर्नुहुन्छ रुस्पष्ट पार्नुहोस् ।

प्रश्न नं ३. कक्षा ५ मा सामाजिक समस्या र समाधान भन्ने पाठ शिक्षण गर्न कुनै दुईओटा विशिष्ट उद्देश्य तयार गरी कक्षा शिक्षण पश्चात विद्यार्थी मूल्याङ्कन गर्न तीनओटा प्रश्न तयार पार्नुहोस् ।

प्रश्न नं ४. सजीव र निर्जीव वस्तुहरुको वर्गीकरण गर्ने चारओटा आधारहरुको सूची बनाई सजीव बस्तुको बारेमा कक्षा ४ मा शिक्षण गर्दा प्रयोग गर्न सकिने कुनै तीनओटा स्थानीय शैक्षिक सामाग्रीहरुको उल्लेख गर्नुहोस् ।

प्रश्न नं ५.What are the difficulties english language teaching in primary level ? How do you solve them ?

प्रश्न नं ६ . स्वास्थ्य शिक्षा विषय शिक्षणका लागि कुनै ४ चार उपयोगी विधिहरु उल्लेख गर्नुहोस् र कक्षा ३ को खानेकुराको स्रेत भन्ने पाठ शिक्षण गर्दा प्रयोग गरिने कार्यकलापहरु लेख्नुहोस् ।

प्रश्न नं ७. नेपालको सन्दर्भमा प्राथमिक तहमा स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्नु किन आवश्यक छ ? कारणहरु रल्लेख गर्नुहोस् ।

प्रश्न नं ८. प्राथमिक तहमा बालमैत्री सिकाइ वातावरण निमार्णका लागि सिर्जनात्मक कला विषय शिषणले खेल्न सक्ने भूमिकाबारे कुनै पाँचओटा बुँदाहरु लेख्नुहोस् ।

प्रश्न नं ९. नेपालजस्तो बहुभाषिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता रहेको समाजमा एउटा विद्यालयले विविधता व्यवस्थापनमा खेल्नुपर्ने भूमिकामा आधारित भई समावेशी शिक्षाका लागि विद्यालयले सञ्चालन गर्न सक्ने ५ ओटा कार्यक्रमहरु र ती कार्यक्रमहरुबाट प्राप्त हुने सम्भावित उपलब्धिहरुसमेत उल्लेख गर्नुहोस ।

Loading...