काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै अब शिक्षामा ठूलो फड्को मार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सो धारणा व्यक्त गरेका हुन् । प्रम ओलीले त्यसका लागि आधारभूत तहदेखि […]
शिक्षा
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति भण्डारी
काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकि छन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]
आयोगले निकाल्यो बाँके, बर्दिया, डोल्पा र मुगु जिल्लाको प्राथमिक तहको नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला र कालिकोट जिल्लाको नतिजा प्रकाशन गरेको छ । त्यसैगरी शनिवार डोल्पा, बाँके, बर्दिया र मुगु जिल्लाको नतिजा […]
निम्न माध्यमिक तहको शिक्षक पदास्थापन, जिल्ला रोज्न तोकियो अन्तिम म्याद
काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले खुला विज्ञापनतर्फ निम्न माध्यमिक तहका परीक्षा उत्तीर्ण उम्मेदवारहरुलाई पदास्थापन गर्नका लागि जिल्ला रोज्न भाद्र ३१ सम्मको म्याद दिएको छ । लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट भइ आयोगले सिफारिस गरेका उम्मेदवारहरुलाई आफू काम गर्न चाहेको जिल्ला प्राथमिकता क्रम उल्लेख गरी तोकिएको ढाँचामा फारम भरी भाद्र ३१ गतेसम्ममा […]
लामो समयदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि त्रिविले दियो अन्तिम मौका
काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ । मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्न सक्ने त्रिविले जनाएको छ । २०६२ सालमा प्रथम वर्षमा क्याम्पस […]
१२० शिक्षकलाई एकैपटक जरिवाना
इलाम । एकैपटक जिल्लाका १ सय २० शिक्षकलाई जरिवाना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले समयमै सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जनही पाँच हजारका दरले जरिवाना गरेको हो । जरिवाना तोकिएको पाँच हजार रुपैयाँसहित विवरण बुझाउँन शिक्षा विकास तथा समन्वय इकाईले अनुरोध गरेको छ । प्रत्येक आर्थिक वर्ष शुरु भएपछि ४५ दिनभित्र शिक्षक तथा कर्मचारीले […]
नेपाली भाषा ज्ञान प्रतियोगिता
पोखरा, २१ भदौ । विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थी त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको उत्तर फटाफट दिन्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । जुन दृश्य नेपाली भाषा शिक्षक परिषद् कास्कीको संयोजन एवम् नेशनल प्याब्सन […]
संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा शुरु
काठमाडौँ, २१ भदौ । पूर्वीय वाङ्मय प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ संस्कृत भाषा र पूर्वीय दर्शन विषयको सातौँ सत्रको कक्षा शुरु भएको छ । सो कक्षामा संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान दिइनेछ । डा लक्ष्मणप्रसाद गौतम र […]
एउटै क्याम्पसले दियो पाँच सय ७३ विद्यार्थीलाई छात्रवृत्ति
दमौली, २१ भदौ । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले ५७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७५÷७६ मा क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गरेको हो । क्याम्पसमा विभिन्न दानवीरले स्थापना गरेको छात्रवृत्ति कोषमार्फत विद्यार्थीलाई १५ लाख पाँच हजार २० बराबरको छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख […]
सेवानिवृत्त प्रधानाध्यापकसहित तीनमाथि अख्तियारले लगायो मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ । भण्डारीले सुलक्षणा माध्यमिक विद्यालय […]











