शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो […]

त्रिविका उपकुलपति पनि कांग्रेसकाे अन्तर्घातीकाे सूचिमा

काठमाडौं, २८ भदौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि […]

‘अभिलेख विश्वविद्यालय’मा एघारौँ शताब्दीका ग्रन्थ

काठमाडौँ, २६ भदौ । राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रुप पुरातत्व विभागअन्तर्गतको अभिलेख सङ्ग्रहले विश्वविद्यालयको रुप धारण गरेको छ । त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक तथा इतिहासमा चाख राख्नेहरु अभिलेख शाखामा आउने गरेका छन् । […]

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ’

तेह्रथुम, २६ भदौ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर […]

रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ ।  शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो ।   पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने

काठमाडौँ, २१ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेको […]

तातोपानी कुण्डबाट विद्यालयलाई १८ लाख सहयोग

म्याग्दी, २० भदौ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा १७ लाख बढी सहयोग गरेको छ । आव २०७३÷०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको १७ लाख ७४ हजार सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए […]

सहिदको सुचीमा मन्त्रीको तस्विर !

भक्तपुर । बिद्यालयको प्राथमिक तहमा पढाइ हुने एक पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको छ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको हो ।   विद्यार्थी प्रकाशन प्रालि प्रकाशक तथा वितरक रहेको कक्षा ३ को ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको कितावमा शहिदको सुचीमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर […]

३० विद्यालयमा पुस्तकालय स्थापना

नुवाकोट, १९ भदौ । साप्ताहव्यापी रूपमा मनाइएको दशौँ पुस्तकालय दिवसका अवसरमा नुवाकोटका ३० विद्यालयमा पुस्तकालय स्थापना भएको छ । ‘रुम टू रिड’को सहयोगमा रुडेक नुवाकोटले पठन संस्कृति विकास र विद्यार्थीमा पाठ्यक्रमबाहेक अतिरिक्त ज्ञान प्रदान गर्न जिल्लाको विभिन्न स्थानमा रहेका ३० विद्यालयमा भवनसहितको पुस्तकालय सञ्चालनमा ल्याएको हो । शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको रुम टू रिडसँगको […]

नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ। काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो। सम्बन्धन […]