क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङ विजयी

प्रचण्ड नेतृत्वमा रहेकाे नेकपा (माओवादी केन्द्र)काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। अर्का प्रत्यासी अनिल शर्मालाई हराएर तामाङ अध्यक्ष पदमा विजयी भएका हुन्। यसअघि तामाङ उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए। कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट तामाङले शर्मालार्इ जम्मा २३ मतकाे अन्तरले पराजित गरेका हुन् । तामाङले ८ […]

जिशिअ र सहायक जिशिअबीच कार्यालयमै फाइट । भ्रष्टाचारको पोल खोलाखोल

सल्यान, १६ भदौ । सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै । शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको थियो । यही भदौ २३ गते हुने शिक्षा दिवसको तयारीबारे छलफल गर्न उक्त बैठक बोलाइएको […]

विद्यार्थीको आन्दोलनपछि मध्यपश्चिम विश्वविद्यालयको विवादास्पद सम्बन्धन रद्द

सुर्खेत, १६ भदाै । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्ने भएको छ । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार एमयूका उपकूलपतिलाई पत्र लेख्दै कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रालिबीचको सम्बन्धन प्रकृया खोरज गर्न आग्रह गरेका हुन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमयूसँग अपारदर्शीरुपमा सम्बन्धन लिन थालेको […]

नेविसंघ विवाद छताछुल्ल । ४१ केन्द्रीय सदस्यले गरे बैठक नै बहिस्कार

काठमाडौँ, १६ भदौ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना माग पूरा नभएको भन्दै ४१ केन्द्रीय सदस्यले आज बैठक बहिष्कार गरेका छन् । अपराह्न ४ बजे वाल्मिीकि क्याम्पसको सभाकक्षमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नियमविपरीत अन्य क्याम्पसलाई सम्बन्ध दिएको’ भनी विरोध गरेका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई गरिएको निलम्बन फिर्ता गराउन नेविसंघको नेतृत्वले […]

कक्षा १२ को नतिजा प्रकाशित । ४२ प्रतिशत उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए […]

अखिल क्रान्तिकारीको मतगणना सुरु । उपमहासचिवसहित १ सय केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं, १५ भदाै । कीर्तिपुरमा सम्पन्न नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । २१ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ उम्मेदवार बनेका थिए । अहिलेसम्म एक उपमहासचिवसहित करिव १ सय केन्द्रीय सदस्य भने निर्विराेध निर्वाचित भएका छन् । ३३ पदाधिकारीमध्ये […]

अनिल शर्मालार्इ अध्यक्ष बनाउन सातै प्रदेशका इन्चार्जको अपील

काठमाडौं, १४ भदाै । नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व कसले पाउला ? पार्टीका नेताहरुले सर्वसम्मतीमा नेतृत्व चयन गर्न गरेकाे प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि चुनाव भइरहेकाे छ । चुनावी मैदानमा अध्यक्ष पदमा दुर्इ जना उम्मेदवारबीच ठूलाे घम्साघम्सी चलिरहेकाे छ । सुरुमा अध्यक्ष पदमा धेरै अाकांक्षी भए पनि अन्तिममा अनिल […]

रोल्पाका जिशिअ चिरञ्जीवी पाैडेललाई नेकपाले दल्यो कालोमोसो

रोल्पा, १२ भदौ । रोल्पाको शैक्षिक क्षेत्रमा ठूलो भष्टाचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको छ । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेकपाका कार्यकर्ताले आज कालोमोसो दलेका हुन् । नेकपाका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले जिशिअ पौडेलले विभिन्न विद्यालयको ब्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा ठूलो भ्रष्टाचार गरेका कारण जनताले कारवाही […]

यसरी ल्याइदैछ इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा

काठमाडाै‌, ११ भदाै । सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ। चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा,त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो। कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी […]

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । […]