जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

खलङ्गा, १३ चैत । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् […]

निजी छाडेर सामुदायिकमा विद्यार्थी

डोटी, ११ चैत । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ । विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताए । उनले […]

इकाई प्रमुख पौड्यालमाथि काँग्रेसले कालोमोसो दलेपछि पोख्रेलले भने, ‘गुण्डागर्दी भयो’

शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालमाथि कालो मोसो दलिएको घटनाप्रति नेपाल निजामति कर्मचारी संगठनको शिक्षा विभागीय समितिले खेद प्रकट गरेको छ । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौड्याललाई कार्यकक्षमै गएर कालोमोसो दलेपछि शिक्षा विभागीय समितिका अध्यक्ष शिवराज पोख्रेलले प्रेस विज्ञप्ति मार्फत खेद […]

प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई नै विद्यार्थीले दले कालामोसो

डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ । आइतबार दिउँसो करिब डेढ बजेतिर नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेविसंघ सर्मथित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् । बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक […]

यसवर्षको एसईईका रोचक तथ्यः नायिकादेखि सांसदसम्म परीक्षा दिँदै

काठमाडौँ । आइतबारबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिएका छन् । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष […]

इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

नवलपरासी, १० चैत । कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल […]

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

पर्सा, १० चैत । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा एसइई मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा […]

भोलिदेखि एसइई परीक्षा हुँदै, ४ लाख ७५ विद्यार्थी सहभागी हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ। परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्। यस वर्षदेखि पहिलोपटक […]