मल्लको उपचारका लागि १ महिनाको पारिश्रमिक-भत्ता सहयोग गर्ने सेजुवालको घोषणा

काठमाडौं । कालिकोटको पचाल झरण गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुबै मृगौला फेल भएर अस्पताल भर्ना भएका जाजरकोटका युवा कालीबहादुर मल्लको उपचार सहयोगका लागि आफ्नो एक महिनाको तलब र भत्ता सबै दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै सेजुवालले जनयुद्धकालीन योध्दा दुबै मृगौलालाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएर सहयोगको […]

जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

धम्बोझी, ५ चैत , नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् ।  अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ […]

७५ प्रतिशत हाजिरी नपुगेपछि विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी […]

शिक्षक बन्नको लागि विएड पढ्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य

शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]

३३ प्रतिशत क्याम्पस प्रमुख महिला राख्न माग गर्दै त्रिविका प्राध्यापक आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । त्रिवीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलनमा उत्रिएका हुन् । उनीहरुले राजधानीकाे बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका हुन् । त्रिवीका देशभर रहेकाका ६१ अांगिक क्याम्पसमध्ये कम्तिमा २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । उनीहरुले पटक […]

शैक्षिक अवस्थामा सुधार गाउँमा खुशी

जाजरकोट, ३० फागुन । विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ विद्यालयका […]

थापा संस्थागत विद्यालय शिक्षक युनियन अध्यक्षमा निर्वाचित

काठमाडौँ, २७ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । यसैगरी प्रदेश उपाध्यक्षहरुमा रोहिणीरमण दवाडी (प्रदेश नं १), केशवराज पाठक […]