गृहयुद्धले नराम्ररी थला परेको यमन कोरोनाको झन ठूलाे त्रासमा

काठमाडाैं । विगत पाँच वर्षदेखि गृहयुद्धको चेपेटमा आएको यमनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यमनमा कोरोना भाइरस संक्रमणका पहिलो बिरामी भेटिएसँगै सहयोगी संस्थाले चिन्ता व्यक्त गरेका छन् । सन् २०१५ देखि जारी हिंसाका कारण यमनको स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित भएको छ । अब कोरोना भाइरसको संक्रमण देखिएसँगै गम्भीर चिन्ता थपिएको सहयोगी संस्था अक्सफामले […]

प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न विश्वस्वास्थ्य संगठनको चेतावनी, संक्रमणको पुनरावृत्ति भयानक हुनसक्ने

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले […]

२८ वर्षीय बिद्रोही लोक गायिकाको आमरण अनसनमा बसेको २८८औं दिनमा निधन

एजेन्सी । लामो समयदेखि आमरण अनसनमा बसेकी टर्कीको चर्चित लोकस‌ंगीत समूहकी सदस्य २८८ औं दिनमा अनस्थलमै मृत्यु भएको छ । २८ वर्षकी चर्चित गायक हेलिन बोलेकको भोक हड्तालमा बसेकै अवस्थामा मृत्यु भएको हो । टर्की सरकारले हेलिन बोलेक सम्लग्न सांगीतिक ग्रुप योरुम समूहमाथि प्रतिबन्ध लगाएको थियो । साथै उक्त सांगीतिक समूहका तीन सदस्यलाइ जेलमा राखिएको […]

कोरोनाभाइरसः महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’

ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्। उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने’ अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्। […]

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ ।उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको […]

मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। अहिले कोरोनाभाइरस सङ्क्रमणाबट युरोपेली देश र अमेरिका अतिप्रभावित भएको देखिएको छ। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले […]

सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका “राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र […]

चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु

काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]

एकै परिवारका ८ जनामा कोरोना भाइरस भएको पुष्टि

काठमाडाैं । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म […]

कोरोनाका कारण २ लाख अमेरिकीको मृत्यु हुने चेतावनीपछि ट्रम्प हैरान

काठमाडाै‌ं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । […]