भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो […]

राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना भेटिएपछि

काठमाडाैं । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन । राष्ट्रपति अश्रफ […]

प्रहरी पोशाकमा लगातार १२ घण्टा भन्दा बढी अन्धाधुन्ध गोली चलाएपछि १३ बढीको मृत्यु

काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]

अमेरिकी नौसैनिक जहाजमा ५८५ संनिक कोरोना संक्रमित भेटिए, एक सैनिकको मृत्यु

काठमाडाैं, २ वैशाख । एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्। आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो। ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो। ‘युद्ध, शान्ति […]

अमेरिकामा कोरोनाले मृत्यु हुने र निको हुने दर अरु देशभन्दा निकै बढी

काठमाडाैं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ। नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ […]

इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी

काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीकै ज्यान

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो । न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले […]