चाड नजिकिएपछि खर्च जुटाउन भारततिर

बाँके, ५ भदौ । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर्  ने पालीको  लकोर्  देख्न पाइन्छ । साविकको मध्यपश्चिम […]

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

वासिङ्टन, ५ भदौ । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ […]

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

खार्तुम, ५ भदौ । सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिनुभएको छ ।प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिएका हुन । मुलुकका प्रधान न्यायाधीश समेतको समुपस्थितिमा राजधानी खार्तुमको राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको थियो । हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट छनौट गरिने […]

वन्यजन्तुका हाडखोरको कारोबार बन्द गर्न अफ्रिकी मुलुकको आग्रह

जेनेभा, ५ भदौ । स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय वन्यजन्तु सम्मेलनका क्रममा दर्जनौं अफ्रिकी मुलुकहरुले जापान समक्ष जोखिममा पुगिसकेका हात्तीका हाडखोरको स्थानीय बजार बन्द गर्न आग्रह गरेका छन् । हाडखोरको कारोबारमा जापानी बजार विश्वमै अग्रपंक्तिमा आउँछ । जापानको बजारमा हात्तीका हाडखोर खुलेआम किनबेच हुने गरेको छ । हात्ती बचाऊ सम्बन्धी अफ्रिकाका ३२ वटा मुलुकको अफ्रिकी हात्ती […]

बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति

संयुक्त राष्ट्रसंघ, ५ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाए । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको उल्लेख छ । प्रवक्ता डुजारिकले सर्वसाधारणलाई […]

शासन परिषद्का सदस्यहरूद्वारा शपथग्रहण

खार्तुम, ४ भदौ । सुडानमा नयाँ गठित शासन परिषद्का सदस्यहरूले बुधबार शपथग्रहण गरेका छन् । यसअघिको सैन्य परिषद्लाई रूपान्तरण गर्न नागरिक अगुवाको समेत सहभागीतामा बनाइएको शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेका हुन् । देशको शासन व्यवस्था चलाउने गरी बनाइएको स्वायत्त शासन परिषद्का सदस्यहरूलाई सैन्य परिषद्कै नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले नै नियुक्त गरेका हुन् । नयाँ शासन परिषद्का […]

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

चेङ्दु, ४ साउन । चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा […]

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

लस एन्जलस, ४ भदौ । हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् ।वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छन् जसले सम्भवतः उनको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्ने […]

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न, ४ भदौ । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए । गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका […]

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

वासिङ्टन, ४ भदौ । अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबिआईले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर चर्च मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ । स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो । मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिहरुको […]