कम्बोडिया, १३ भदौ । कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गरिने बताएका छन ।
कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका क्रममा शुक्रबार उनले विपक्षी नेतालाई पक्राउ गर्ने बारेमा जानकारी दिएका हुन ।
“यदि उहाँ नोभेम्बर ९ तारिखका दिन स्वदेश फर्किनु भयो भने उहाँलाई हतकडी लगाएर थुन्न लगिने छ,” प्रधानमन्त्री हुन सेनले भने ।
पूर्वराष्ट्रपतिसमेत रहनुभएका ७० बर्षीय नेता रैन्सीलाई उहाँले स्वदेश फर्किन चुनौती पनि दिएका छन । रैन्सीले नेतृत्व गरेको कम्बोडिया नेस्नल रेस्क्यु पार्टी (सिएनआरपी) लाई केही समय अगाडि अदालतले विघटन गरिदिएको थियो ।
अपराध सम्वन्धी मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजाय समेत अदालतले फैसला गरेपछि उनी सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन विताइरहेका छन ।