नयाँ दिल्ली, ६ भदौ । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ । उत्तरी पारागन जिल्लामा रहेको भगवान […]
विश्व
श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य
कोलम्बो, ६ भदौ । श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो ।त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । सो आतङ्ककारी हमलापछि श्रीलङ्काको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको […]
अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप
अल्जियर्स, ६ भदौ । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ ।सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अबरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ । अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा […]
नाइजेरियामा सवारी दुर्घटना
अबुजा, ६ भदौ । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना यात्रुको मृत्यु भएको छ । प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई जना यात्रु गम्भीर घाइते भएका छन् । तिब्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुबै सवारी साधन […]
काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह
फ्रान्स, ६ भदौ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जी७० को बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेको हो । दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय […]
तालिबानको आक्रमणमा तीन प्रहरी मारिए
जलालाबाद, ६ भदौ । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गरेका छन्यद्यपी तालिबान लडाकू समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पाँच लडाकू पनि मारिएका छन । सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको […]
सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड स्टर्लिङको मूल्यमा बिहीबार नै यसको सकारात्मक प्रभाव देखिएको छ । फ्रान्सको राजधानी पेरिसमा युरोपेली नेताहरू एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग भएको कुराकानीमा ब्रेक्जिटका लागि अझै […]
सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध
एजेन्सी । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोचजनक’ कदम भनेको छ । “दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोचपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ […]
ब्रेक्जिट सम्झौताबारे मर्केलसँगको कुराकानीबाट उत्साहित छु : जोनसन
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सेली नेता इम्यानुयल म्याँक्रोसँगको कुराकानीमा आफूले बेलायतलाई युरोपेली सङ्घ (ईयू) बाट सम्झौतासहित बहिर्गमन गराउन चाहेको बताएका छन् । प्रधानमन्त्री जोनसनले आफूले यस सम्बन्धमा जर्मन चान्सलरसँगसमेत कुराकानी गरेको र उहाँको कुराबाट निकै ‘उत्साहित’ बनेको बताए । जोनसनले भने, “म प्रष्ट पार्न चाहन्छु । बेलायत सम्झौता चाहन्छ । हामीले सम्झौता गर्न […]
हवाई कारबाहीमा बीस तालिबानको मृत्यु
मजार इ सरिफ, ५ साउन् । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् […]








