वासिङ्टन, ८ भदौ । संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट््र का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ । […]
विश्व
मेक्सिकोमा पत्रकारको हत्या
टोलुका, मेक्सिको, ८ भदौ । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ […]
चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन
एजेन्सी । बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् । वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा […]
बसीरको मुद्दामाथि अर्को सुनुवाइ आगामी शनिबार हुने : सुडान
एजेन्सी । सुडानको एक अदालतले पूर्वराष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाइ आगामी शनिबार गर्नेगरी तय गरेको छ । “पूर्वराष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाइ अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकिलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए । “यो बसीरको मुद्दामा हुने तेस्रो […]
इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु
जेनेभा, ७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको […]
फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प
वासिङ्टन, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइरहेका छन् । फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा […]
अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन
पोर्टो भेल्हो, ब्राजिल, ७ भदौ । ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ । पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन् । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जङ्गलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको […]
मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु, तीस घाइते
बग्दाद ७ भदौ । इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् । इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त […]
कारबाहीको क्रममा २५ लडाकू मारिए
बग्दाद मजार ए, सरिफ, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् । सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही भएको पुष्टि गरे । चामताल जिल्लाको कैयौ गाउँहरुमा शुत्रबार अपराह्न सो कारबाही गरिएको थियो । चामताल जिल्लामा रहेका सशस्त्र तालिबान […]
सुष्मा स्वराजपछि मोदीका अघिल्लो कार्यकालका अर्थमन्त्री अरुण जेटलीको निधन
काठमाडौं, ७ भदौ । भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । केहीदिन अघिदेखि अस्पतालमा भर्ना भएका जेटलीकाे शनिवार निधन भएकाे हाे । श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका थिए। अस्पतालमा पनि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। ६६ वर्षे भाजपाका पाका नेता […]











