काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
ननस्टप विशेष
भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप
भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]
गणतन्त्र दिवसको विशेष समारोह सम्पन्न
गणतन्त्र स्थापना भएको १७ वर्षको अवसरमा बिहीबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोह भव्य रुपमा सम्पन्न भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । समारोहको आरम्भमा नेपाली सेनाद्वारा राष्ट्रपतिलाई विशेष सलामी अर्पण गरियो। राष्ट्रिय गानको संगितमा गरिएको झण्डोत्तोलनले वातावरणलाई अझै गौरवपूर्ण बनाएको थियो । सो अवसरमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो, जसले […]
सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं
आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]
डिएसपी, इन्स्पेक्टर र असई नै नक्कली
भक्तपुर । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को डिएसपी हुँ भन्दै ८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ। त्यसैगरी, प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको नक्कली परिचय दिँदै रकम ठगी गर्ने थप दुई जना पनि पक्राउ परेका छन्। पक्राउ परेका नक्कली डिएसपी भक्तपुरको सूर्यविनायक–२ बालकोटका ४१ वर्षीय अनिल थापा […]
आईसीटी फोरमको अध्यक्षमा निर्मल ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्रको प्रविधि तथा सूचना क्षेत्रमा संलग्न सदस्यहरूको समुह ‘आईसीटी फोरम’को नेतृत्व निर्मल ज्ञवालीले पाएका छन् । राजनीतिमा प्रविधिको प्रभावकारी प्रयोग तथा बिचार र नेतृत्वको रक्षा गर्ने उद्देश्यले स्थापित ‘आईसीटी फोरम’ को अध्यक्षमा निर्मल ज्ञवालीलाई नियुक्त गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं फोरमका सह इन्चार्ज बिष्णु सापकोटा जुगलले जनाएका […]
विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल
काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]
युवा संघको नेतृत्व छान्न मतदान शुरु
पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]
भिजिट भिसामा गृहमन्त्रीलाई कांग्रेसको क्लिन चिट
काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा […]
आयोजकले वेश्या झैं ब्यवहार गरेको भन्दै मिस इङ्ल्याण्डद्वारा मिसवर्ल्डमा जान इन्कार
काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् । यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला […]











