मिडियाले सरकारका राम्रा काम प्रचार नगर्दा प्रोत्साहन नमिलेको पूर्व प्रधानमन्त्रीको गुनासो

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएपनि त्यसका लागि सबैको साथ् सहयोग रहनुपर्ने आवश्यकता औल्याएका छन् । विद्वत वर्ग र कर्मचारीतन्त्रले प्रधानमन्त्रीलाई योजना र कार्यन्वयनमा साथ् दिनुपर्नेमा जोड दिंदै उनले उक्त आवश्यकता औल्याएका हुन् । बिहीवार राजधानीमा आयोजित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान, ५ को निधन १ बेपत्ता

मुग्लिङ । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका […]

एसईई परीक्षा शुरु, ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा ( एसईई) शुरु भएको छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा विहान ८ बजेबाट शुरु भएको हो । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुदैछ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय […]

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई हरिवन नगरपालिकाको प्रोत्साहन भत्ता

hariwan kamal budhathoki

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो । बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले […]

ललितपुरमा दुई युवाको हत्या आरोपी ४ सार्वजनिक

ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ […]

अब अनलाइनबाटै पटके बाटोको इजाजत पाइने, मन्त्री लम्सालले गरे उद्घाटन

laxman lamsal

भक्तपुर । अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटैपटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो । मंगलवार बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै पटके बाटो इजाजत पत्रको शुभारम्भ भएको […]

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।  सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट […]

क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान

hariwan

भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन  देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित  गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

भक्तपुरमा फागु पर्वको प्रसंग बेग्लै

फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ […]

पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको यस्तो सन्देश

pakistan sandesh

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले […]