संघीयता र समृद्ध कर्णाली हुन नदिने अजंग पहाडहरु

नेपाली समाजमा ठूलो सामाजिक द्वन्द्व अझै पनि जारी छ । प्राचीन समयदेखि आजसम्म नेपाली समाजमा सामाजिक परिवर्तनको संघर्ष कहिले सुशुप्त रुपमा त कहिले घनिभूत रुपमा देखा पर्ने गरेको छ । यसक्रमको पछिल्लो समयको ठूलो घनिभूत संघर्ष थियो दसवर्षे जनयुद्ध । जनयुद्धले नेपाली समाजलाई जरैदेखि हल्लायो । मानिसका सोचहरुलाई युटर्न गरिदियो । रैतीमा रेटिएका नागरिकलाई शासक […]

पराधिन शासक, कमजोर राष्ट्रियता र शक्तिशाली आन्दोलनको अपरिहार्यता

तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो । उक्त सुगौली सन्धिबाट नेपाल पूर्वमा मेची नदी, पश्चिममा महाकाली (काली), उत्तरमा हिमश्रृंखला (चीन) र दक्षिणमा तराई दशगजा सिमासम्म […]

सीमा विवाद सानो भूगोलको मात्रै प्रश्न होइन

दशैंमा व्यस्त रहनुपर्ने देशका सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा जानु पर्यो । नेपालीहरुले दशैंमा जानी नजानी महराले पिउने गरिएको भनिएको हिमालयन रिजर्भ रक्सी खोजी खोजी पिए । मैले पनि एक साँझ पिएर निदाएँ । रक्सी दुकानको बहिनीले मात्रै होइन, श्रीमतीले पनि महराजस्तै नहुनु नि भनेर जिस्काउन भ्याइन् । रक्सी र सभामुख महराको चर्चामा बित्यो दशैं […]

नेपाली खेलाडीमाथि राजनीतिक खतराको घण्टी

नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति, म्याच फिक्सिङ काण्ड, अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास भएसँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ। जुन आम फुटबल प्रेमीलाई चासो र चिन्ताको विषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा चासो दिनु हाम्रो कर्तब्य पनि हो। हाम्रा […]

नेतालाई भगवानरुपी मुर्ती बनाएर गुलामी गर्नेहरुका कथा

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र, हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ […]

राजनीतिको गर्भमा उम्लिरहेको लाभा

चार दिने जर्नेल सम्मेलनमा के के भयो ? प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन अरुले गरेको पापको भारी मैले किन बोक्ने ? सेनापतिको एक वर्ष सुधारका खाका कति कार्यान्वयन भए ? भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन जंगीअड्डाको निर्देशन जंगीअड्डातिर ढल्किएको ’चिनियाँ चस्मा’ माथिका शिर्षकहरु यो बहसको सन्दर्भमा उचित लागेर […]

हामी कहिलेसम्म ऐना फुटाइरहने ब्रो ?

कुनै एक विद्वानले भनेका छन् – “तिमी के खान्छौ मलाई बताऊ, तिमी के सोच्दछौ म बताइदिन्छु । तिम्रा साथीहरूको सूची मलाई देऊ र तिमी कहाँ र कस्तो ठाउँमा जान्छौ मलाई भन, तिमी को हौ म भनीदिन्छु ।” यही कुरा गीतको सन्दर्भमा पनि भन्न सकिन्छ । तिमी बाँचेको समाजमा कस्ता गीतहरु (आजको भोलिको भाषामा) भाइरल हुन्छन् […]

के हो विप्लव विद्रोहको लागि तय गरिएको एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा ?

आरम्भ हामीले नेपाली क्रान्तिको सैन्य कार्यदिशालाई ‘एकीकृत सैन्य रणनीति’ का नाममा संश्लेषण गरेका छौँ । यो रणनीतिलाई हामीले विगत सर्वहारा वर्गले प्रयोग ‘गरेका अल्पकालीन विद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ का दुई फरक रणनीतिहरूको एकीकृत स्वरूप बताएका छौँ । दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहलाई सर्वहारा वर्गका फरकफरक सैन्य रणनीतिका रूपमा प्रयोग हुँदै आएको पृष्ठभूमिमा हामीले एकीकृत […]

व्यक्तिमुखी राजनीतिको शिकार बन्दै विकास र समृद्धि

नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको छ । […]

पात्रो तिथि बिवादमा अलमलिनु भन्दा यस्तो गर्दा राम्रो

नेवार समुदायको ठूलो चाड मध्येको तिहार (स्वन्ति), (क्वःपुजा, खिचा पुजा, लक्ष्मीपुजा, म्ह पुजा, किजा पुजा) का साथै अन्य मौलिक चाडहरु प्राय तिथिको आधारमा दुई दिन या एकै दिन दुई चाड मनाईनुपर्ने अनुसारको ज्योतिष पात्रोमा प्रकाशन आउने गर्दछ । बार्षिक तिथि मितिको अंकगणित अनुसार ज्योतिषिले आफ्नै तरिकाबाट यसरी एकै पर्व दुई दिन या दुई पर्व एक […]