नेप्सेको ओरोलो यात्रा जारी

काठमाडौँ, ९ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल […]

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

काठमाडौँ, ९ असोज । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण […]

मेगा बैंकले लाभांश दिने

काठमाडौँ, ९ असोज । मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण […]

गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

भैरहवा, ९ असोज । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, […]

विश्व बैंकको सहयोगः पूर्वाधार र क्षमता विकासलाई ५६ करोड

बलेवा, ९ असोज । बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिए । आयोजनासँग सम्झौता भएर […]

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको […]

पहिलोपटक दुर्गमको अर्गानिक स्याउ शहरतिर

बाजुरा, ९ असोज । पहिलोपटक दुर्गम ठाउँमा फलेको अर्गानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए । किसानका स्याउ बारीमै कुहिने अवस्थामा […]

जुृम्लामा मनपरी भाडा

सिञ्जा, ८ असोज । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु […]

सङ्गठन र संरचना व्यवस्थापन गरेका छौँ : योजनामन्त्री ज्वाला

सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले सङ्गठन र संरचना व्यवस्थापन गरेको बताएका छन । कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको ३१औँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै योजनामन्त्री ज्वालाले प्रदेशको विकासका लागि सङ्गठन र संरचना व्यवस्थापन गरिएको बताए । प्रदेशको विकास र जनताको सेवालाई सहज […]

मेगामा गाभिँदै गण्डकी विकास बैंक

काठमाडौँ, ८ असोज । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन । यो प्राप्तिपश्चात् मेगा […]