नेपाल वायुसेवा निगमले काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन गर्दै

मंसिर ६ , काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस महामारीको कारण यी गन्तव्यका उडान लामो समयदेखि बन्द भएकोे थियो।

भारतले नेपालको वायुसेवा निगमलाई ५६ वटा उडान भर्न प्रस्तावलाइ मध्य नजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ०७६ चैत्र अघिकै अवस्थामा भएका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरे पश्चात रोकिएको उडान गन्तव्य पुनः सुचारु हुन लागिएको हो ।

यसै गरि उडान गर्ने स्वीकृत दिएपछि राष्ट्रिय नेपाल र भारतका ध्वजावाहक विमान कम्पनि बाहेक निजी वायुसेवाले पनि उडान भर्न पाउने भएका छन् । यस अघि नेपालका निजि वायुसेवा बुद्धएरले भारतको कलकत्ता र बनारस उडान गर्दै आएका थिए।

 

Loading...