सर्वोच्च अदालतमा आजका लागि तोकियो १२ इजलास

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतमा सोमबारका लागि १२ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा एकलसहित ११ संयुक्त इजलास तोक्नुभएको छ ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्मा, तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना तथा तेजबहमदुर केसी र डा. मनोजकुमार शर्माका लागि संयुक्त इजलास तोक्नुभएको छ । साथै प्रकाशमान सिंह राउतका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

 

Loading...