१ करोड मूल्य बराबरको सुन लुटेर भागेका लुटेरा सुनसहित पक्राउ

काठमाडौं, २९ माघ । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले […]

घट्यो सुनको मूल्य आज, कति पुग्यो तोलाको हेर्नुहोस!

काठमाडौँ, २९ माघ । माघ महिनाको अन्तिम दिन आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । मंगलबार तोलामा ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी […]

विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी […]

भोजपुरमा भित्रियो सुन्तला खेतीबाट ३० करोड

यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, […]

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

काठमाडौँ, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके […]

आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग

चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ ।  चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]

नियतवस पूराना फोन स्लो बनाएका कारण एप्पल कम्पनीलाई तीन अर्ब जरिवाना

एजेन्सी, नियतवस पूराना मोबाइलहरू स्लो बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनी माथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो । एप्पलले चिसो मौसम वा अन्य असम्बन्धित कारण देखाउँदै आएकोमा फ्रान्सले कम्पनीलाई दोषी ठहर्‍याउँदै पाठ सिकाएको हो। साथै, समस्याग्रस्त मोबाइल सेटमा निस्शुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई […]

फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै

चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस

काठमाडौँ, २६ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० […]

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड अनुदान

काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महलको भवन बनाउन ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई बुधबार चेक हस्तान्तरण गरे । महानगरको वडा १० शंखमूलमा ७ रोपनी ६ आना ३ पैसामा फैलिएको केन्द्रलाई चेक हस्तान्तरपछि नगरप्रमुख […]