बेझाड, ३० साउन । नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो । जिल्लाकै यो पहिलो व्यावसायिक अलँैची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट […]
अर्थ/वाणिज्य
लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी
नवलपरासी, ३० साउन । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ । सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो । कर्मचारी अभाव तथा भौतिक […]
फेरी बढ्यो सुनको भाउ, तोडियो उच्च रेकर्ड हेर्नुस कति पुग्यो ?
काठमाडौं, ३० साउन । आज पनि सुनको भाउले उच्च नयाँ रेकर्ड कायम गरेको छ । दुई सातादेखि निरन्तर बढेर बुधबार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला १२ सय रुपैयाँ बढेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि ७ सय […]
सम्पत्ति शुद्धीकरण: ‘कालो धनका भरिया हैन, मालिक नै पक्रने’ नयाँ रणनीतिको लक्ष्य
एउटा अन्तर्राष्ट्रिय निकायले नेपालमा अवैध धनको चलखेलसहित वित्तीय अपराध नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गर्ने तयारी गरिरहँदा सरकारले वास्तविक धनीलाई पहिचान गर्ने उद्देश्य सहितको पञ्चवर्षीय रणनीति ल्याएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम यसै साता सार्वजनिक गरिएको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजनाले अहिलेबाट विसं २०८१ सालसम्म चालिने कदमहरू समावेश गरेको छ। […]
धितोपत्र बजार : नेप्से परिसूचकमा बुधबार पनि ‘रेड लाइट ‘
काठमाडौँ, २९ साउन । धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२२ बिन्दुले घटेर २६५.९३ मा रोकिएको छ । परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो […]
आर्थिक मेगा बैंक मुनाफा
काठमाडौँ, २९ साउन । मेगा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो । सो बैंकले आज जारी गरेको विज्ञप्तिमा […]
सुनको भाउ घट्यो
काठमाडौं, २९ साउन । लामो समय क्रमशः उकालो चढेको सुनको भाउ बुधबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार पुगेको छापावाल सुन बुधबार ७ सय घटेर ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै बुधबार तेजावी सुन तोलाको ७० हजारमा कारोबार भइहरको छ भने चाँदी प्रतितोला ८ […]
कृषिप्रधान देश बनाउन नसकेपनि आफूहरुले कृषि प्रधान प्रदेश बनाएरै छाड्ने मन्त्री साहको दावी
सर्लाही, २८ साउन । प्रदेश नम्बर दुईका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले किसान समृद्ध नभए सम्म प्रदेशमा समृद्ध नहुने बताएका छन् । सर्लाहीको लालबन्दी- १नवलपुरमा नेपाल मौरी पालक महासंघ प्रदेश नम्वर दुईका नव निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई मंगलबार संबोधन मंत्री साहले किसानको सम्बृद्धिमा जोड दिए । किसान सम्बृद्ध बन्न को […]
सुन मूल्य अहिलेसम्मकै बढी, प्रतितोला एक हजार बढ्यो
काठमाडाँै, २८ साउन । पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक हजारले बढेर ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला ७० हजारमा कारोबार भएको थियो । तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक […]
धितोपत्र बजार : नेप्से परिसूचकमा ‘रेड लाइट’
काठमाडौँ, २८ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीका १८ लाख ९६ लाख […]









