बेझाड, ३० साउन । नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो ।
जिल्लाकै यो पहिलो व्यावसायिक अलँैची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी यस वर्ष १५ हजार अलैँचीका बिरुवा कृषकलाई निःशुल्क उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा कृषि शाखाको रु एक लाख र गाउँपालिकाको रु ३५ हजार रकम पकेट क्षेत्रमा विनियोजन गरी बिरुवा तथा रोपण गरिएको कृषि शाखा प्रमुख नवराज घिमिरेले बताए। “उपयुक्त भौगोलिक भू–बनोट, हावापानी रहेकाले खाँदर क्षेत्रलाई अलैँची पकेट क्षेत्रका रुपमा घोषणा गरेपछि व्यावसायिक उत्पादनतर्फ कृषक आकर्षित बनेका छन्”, उनले भने । यहाँका ६५ घरधुरीका कृषकले अलैँची खेती गरेका छन् ।
यसभन्दा अगाडि स्थानीय तुलबहादुर बयम्वुले भने तीन वर्षअघिदेखि व्यावसायिकरूपमा अलँैची खेती गर्दै आएका छन । गतवर्ष अलैँची बिक्रीबाट रु एक लाख ५० हजार जति आम्दानी गर्न सफल भएको छ । तीन वर्षअघि इलाम भ्रमणमा गएका बयम्बुले एक अलैँचीको बिरुवा ल्याएर पाखोबारीबाट अलँैची खेती शुरु गरेको बताउछन
। बयम्बुले करीब नौ रोपनी खेर गएको पाखोभरी अलँैची लगाएर ढाक्नुभएको छ । लगानी कम लाग्ने भएपछि अलँैचीको व्यावसायिक खेती बढाउदै जाने उहाँको भनाइ छ ।
यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यसभन्दा अगाडि कसैलाई पनि जानकारी थिएन । बयम्बुले लगाएको अलँैचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गरेको हो । गाउँपालिकाले २०० रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि दुई हजार २०० मिटरसम्मको उचाइ, आठदेखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलीमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ ।
नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानका लागि यो बरदान सावित भएको छ ।
अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ । मध्यपहाडी, धेरै गर्मी नहुने, कागती, सुन्तला उत्पादन हुने क्षेत्रमा अलैँचीको व्यावसायिक खेती राम्रो मानिन्छ । अलँैचीको बजार अन्तर्राष्ट्रिय भएकाले दुई वर्षयता राम्रो मूल्य पाउन नसकिरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । “माथिल्लो उच्च क्षेत्रमा खेर गएका जमीनमा अलैँची लगाएर कृषकले राम्रै आम्दानी गर्न सक्छन्, यसको प्रवद्र्धनका लागि सम्बन्धित स्थानीय तहले कदम चाल्नु आवश्यक छ”, प्रमुख अर्यालले भने ।
भारत हँुदै अरब मुलुकमा निर्यात हुने भएकाले मूल्यमा उतारचढाव आइरहेको हुन्छ । राम्रो मूल्य रहेका बखत दुई हजारदेखि दुई हजार ५०० सम्ममा प्रतिकिलो अलैँची बिक्री हुने गरे पनि अहिले भने बजारमा एक हजारको हाराहारीमा बिक्री हुुने गरेको पाइएको छ । बिरुवा लगाएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ । दुई दशकभन्दा अगाडि जिल्लाको साविक कसेनीगाउँ विकास समिति वलेशका कृषकले अलँैची खेतीबाट राम्रै आम्दानी गरेका थिए ।
एकाएक बोटमा विभिन्न रोगहरु लाग्न थालेपछि जिल्लामै पूर्णरूपमा लोप भइसकेको थियो । त्यस समयमा गाउँका धेरै कृषकको आम्दानीको स्रोत नै अलँैची खेती थियो । एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्ने गर्थे । सम्बन्धित निकायबाट बेवास्ताका कारण अलँैचीले भरिएका जग्गा वनमाराले भरिन पुगेका छन् । जिल्लाको ठिमुरे, कुसुमखोला, रुप्सेलगायतका १० भन्दा बढी साविक गाविसको उत्तर फर्किएको, ओसेप भएको जमीनमा खेती गर्न सकिने भए पनि त्यसतर्फ ध्यान जान नसक्दा लोप हुनपुगेको हो ।
इलाम र तेह«थुम जिल्लामा प्रसिद्धी कमाएको अलैँची खेती यस क्षेत्रमा पनि गर्न सके आयआर्जन बढाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । अम्रिसो खेतीले चिनिएको झिरुवासको खाँदर क्षेत्रलाई अब अलँैची खेतीले चिनाउन सके यो क्षेत्र उत्कृष्ट पर्यटकको गन्तव्यस्थल बन्नेछ ।
अलैँचीको प्रयोग
अलैँची एउटा मसला बाली भएकाले प्राचीन समयदेखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिँदै आएको छ । यसको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बियाँ पानसँग पान मसालाको रुपमा खाइन्छ । आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनीपलक सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटीको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैँचीको प्रयोग गरिन्छ ।
सौन्दर्य प्रशोधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौनशक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रुपमा अलैँचीको प्रयोग गरिन्छ । चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाइ लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसासम्बन्धी रोग, मूत्ररोग आदि रोगको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैँची खेती गर्न सकिन्छ । अलैँची खेतीले भू–क्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउ पु¥याउँछ ।