सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

बाजुरा, ८ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा व्यापक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले यस क्षेत्रकाे जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरपश्चिमका लेकाली बस्ती र […]

यसरी भइरहेछ जाजरकोटमा लाखौ क्वीन्टल बहुमुल्य जडिबुटीको तस्करी

जाजरकोट, ७ माघ । बहुमुल्य सेतोचिनी (खिर्याङलो) लगायतका जडिबुटीहरुको जाजरकोटबाट चोरी निकासी गर्ने क्रम निकै बढेको छ । जिल्लाबाट सरकारी लाखाै क्वीन्टल जडिबुटी धमाधम चाेरी निकासी भइरहे पनि प्रशासनले भने त्यति वास्ता गरेकाे देखिदैन । प्रशासनकाे माैनसमर्थन रहेकाे जस्ताे देखिने र भित्रभित्रै मिलेमताे भएकाे पनि हुनसक्ने स्थानीयकाे शंका छ । याे केसमा लहराे तान्दा पहराे […]

व्यापार घाटा साढे पाँच खर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो […]

जग्गा बाँझो राखे ३ लाखसम्म सरकारलाई जरिवाना बुझाउनुपर्ने

काठमाडौं । सरकारले जमिनलाई विभिन्न १० वर्गका वर्गीकरण गरी जग्गा बाँझो राखे ३ लाख रुपैयाँ सम्मको जरिवाना गर्ने विधेयक सदनमा दर्ता गरेको छ । सरकारले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी, वन, नदी, खोला र ताल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व एवम् सरबारले तोकिएको क्षेत्रका रुपमा भूमिको वर्गीकरण गर्ने विधेयकमा उल्लेख छ । वर्गीकरण गरिएका […]

६ सय ९९ स्थानीय तह बैंक स्थापना भए

काठमाडौं, २९ पुस । ग्रामीण क्षेत्रमा वाणिज्य बैंकहरु विस्तार गर्ने अभियान अन्तर्गत ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् । सरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरेको थियो। तर, अझै ५४ वटा स्थानीय निकायमा बैंक स्थापना हुन सकेका छैनन ।  डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार […]

जाजरकोटको दल्लीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा

एनआईसी एशिया बैंकले जाजरकाेटमा नयाँ शाखा विस्तार गरेकाे छ । जाजरकोटको नलगाड गाउँपालिकाको दल्लीमा एनआइसीले शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले शाखाकाे शुभारम्भ गर्दै एनआइसीको नयाँ शाखाबाट त्यस क्षेत्रका जनताले प्रत्यक्ष रुपमा सुविधा लिन सक्ने बताए। एनआइसी मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ […]

तीन जिल्ला जोड्ने गरी बनाएको नेपालकै पहिलो त्रिकोणात्मक पुल अलपत्र

काठमाडौं, २८ पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा बन्न थालेको नेपालकै पहिलो त्रिकोणात्मक झोलुंगे पुल अलपत्र परेको छ । देशकै नमूना पुलका रुपमा बनाउन थालिएको रिडी पुलले पर्यटनमा ठूलो टेवा पुर्याउने आशा पनि गरिएको थियो । स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको […]

१ करोड ७१ लाख झ्वाम पारी मालपोतका लेखा अधिकृत रिठ्ठे कता गायव भए

काठमाडौं । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उउनले बताए । गत आर्थिक वर्षको […]

रविन्द्र अधिकारीलार्इ राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोल्न दवाव

काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा दोषी देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजीनामा गर्नुपर्ने बताएका हुन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटनमन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा […]

निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा

काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे […]