काठमाडौं, २९ साउन । लामो समय क्रमशः उकालो चढेको सुनको भाउ बुधबार ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार पुगेको छापावाल सुन बुधबार ७ सय घटेर ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै बुधबार तेजावी सुन तोलाको ७० हजारमा कारोबार भइहरको छ भने चाँदी प्रतितोला ८ सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।