काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बंैकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखेको […]
अर्थ/वाणिज्य
सिरहाका दुई स्थानीय तह अझै बजेट ल्याउन असफल
लहान, ५ भदौ । चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए पनि तोकिएको अवधिभन्दा दुई महीना नाघ्दासमेत सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट सार्वजनिक गर्न असफल भएका […]
भारतले नेपाललाई दियो २ अर्ब ४५ करोडको एउटा चेक
काठमाडाैं । भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ। पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ काे […]
बैंकको रकम हिनामिना गर्ने पक्राउ
घोराही, ४ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ । बैंकको करीब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए […]
सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो
काठमाडौँ, ४ भदौ । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलबार छापावाला सुन […]
निरन्तर ओरालोतर्फ नेप्से
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो । सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३. ६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ […]
झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै
लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]
साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै
काठमाडौँ, ३ भदौ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ । ‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून […]
‘बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारको सक्रियता’
काठमाडौँ, ३ भदौ । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले सक्रियता देखाएको छ । निर्यात प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनदेखि बन्देजसम्मका उपाय अवलम्बन गर्न सरकारले पाँचवर्षे व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । विभिन्न निकायको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा व्यापार घाटालाई कम गर्ने उद्देश्यले ल्याइएको सो कार्ययोजनामा सरकारी संयन्त्रलाई […]
अमेरिकी अन्यायपूर्ण प्रतिबन्ध प्रति हुवावेको आपत्ति
बेइजिङ, ३ भदौ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य […]











