साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

काठमाडौँ, ३ भदौ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ ।

‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने रेटिङ प्रदान गरेको छ । ऋणपत्र बिक्री बन्द हुने मिति छिटोमा भदौ ९ गते र ढिलामा आगामी असोज ५ गतेसम्मका लागि तोकिएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन १४ गते स्वीकृति पाएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमध्ये रु एक अर्ब ५० करोड ऋणपूँजी रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउन रु एक अर्ब ऋणपूँजी रकमअर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कूल चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र बिक्री गर्नुपर्ने प्रावधानसहितको चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

Loading...