काठमाडौँ, ९ भदौ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन […]
अर्थ/वाणिज्य
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
काठमाडौँ, ९ भदौ । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा […]
मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती
भीमदत्तनगर, ९ भदौ । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन । रिडिङ फाँटमा […]
नेप्से पुनः ओरालो यात्रामा
काठमाडौँ, ८ भदौ। धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से […]
भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि
कञ्चनपुर, ८ भदौ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी रु पाँच करोड थियो । निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो […]
चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन
एजेन्सी । बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् । वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा […]
चेम्बरको तीज व्यापार मेला शुरु
काठमाडौँ, ७ भदौ । नेपाल चेम्बर अफ कमर्श नेपालको आयोजनामा ‘दोस्रो तीज व्यापार मेला–२०७६’ शुक्रबारदेखि शुरु भएको छ । मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताइन् । उनले महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् […]
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि सेवा लिने बढे
पाल्पा, ६ भदौ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०÷२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को […]
हजारदेखि करोड रुपैयाँसम्म पर्ने रुद्राक्ष जोगाउनै मुस्किल
खाँदबारी, ६ भदौ । रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना […]
नेप्से झिनो अङ्कले घट्यो
काठमाडौँ, ५ भदौ, यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा […]









