काठमाडौं – नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजना प्रमुखको समेत सरुवा गरिदिएको हो । यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना कर्मचारी रहेका छन् । प्राधिकरणले जनाए अनुसार ९ तहका ८ जना, ८ तहका ३९ जना र ७ तहका […]
अर्थ/वाणिज्य
कृषि र पशुपालनबाट मासिक दुई लाख ५० हजारभन्दा बढी कमाइ
गलेश्वर, ११ भदौ । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए […]
आठ लाखकै चेक बाउन्स भएपछि थापा सिधै जेल चलान
काठमाडौँ, १० भदौ । रकम नै नभएको बैंक खाताको चेक जारी गरी ठगी गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको साविक मनमैजु गाविस–१ हालको तारकेश्वर नगरपालिका– ११ बस्ने प्रभात बिक्रम थापा रहेका छन् । थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रर्याप्त […]
बालविवाह न्यूनीकरणका लागि ‘छोरी पेवा बचत’
म्याग्दी, ११ भदौ । रघुगङ्गा गाउँपालिकाले छोरीलाई मासिक रु १०० पेवा दिने कार्यक्रम ल्याएको छ । बालविवाह न्यूनीकरण, संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, सहकारीको प्रवद्र्धन, बचत गर्ने बानीको विकास, गर्भमा लिङ्ग पहिचान गरेर भ्रुणहत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन पेवा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । आठै वडामा गाउँपालिकाले तोकेको सहकारी […]
वनमन्त्री बस्नेतका जलवायु परिवर्तनका असरसँग जुध्न यस्ता छन अनुकूलन योजना
काठमाडौँ, १० भदौ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटापन्नताका असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ । योजनाअनुसार अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट जलवायु संंवेदनशील क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको असर न्यूनीकरण गर्नेछ । मन्त्रालयले आज सरोकारवाला निकायका विज्ञसहितको राष्ट्रिय अनुकूलन योजना तर्जुमाका लागि क्षमता विकास कार्यक्रम […]
शेयर बजारको लगातार ओरालो थामियो, राता धर्सा हरियातिर
काठमाडौँ, १० भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने […]
नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच भयो यस्तो समझदारी
काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । आज यहाँ आयोजित एक समारोहमा दुई बैंकबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरका कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंकका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागमा डेपुटी […]
भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायीमाथि अख्तियारको मुद्दा
काठमाडौँ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ । निरौलामार्फत नायब सुब्बा […]
खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी
काभ्रेपलाञ्चोक, १० भदौ । पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ […]
नेपालको इतिहासमा अहिलेसम्मकै उच्च ७३ हजार ५०० कारोवार भएको सुन आज ९०० ले गिरावट आई ७२ हजार ६०० कायम
काठमाडौँ, १० भदौ । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा […]










