सिरहा । चुनावमा जीतहार अनिवार्य सर्त हो । हारलाई सहजै स्वीकार गर्न नसक्दा सिरहामा एक उमेद्वारले आत्महत्या गरेकाे खबर छ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका हुन् । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या […]
Author: Sanjeep Ghimire
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी
भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ । सोमबार एक बिज्ञप्ति जारी गरि […]
नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर
म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् […]
इञ्जिनियर ढुङ्गानालाई नेकपाका कार्यकर्ताहरुले गरे कारवाही
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ । आइतबार नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यकक्षमै पुगेर कालोमोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइदिएका हुन् । ढुङ्गानालाई कालोमोसो दल्नुको ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ । १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. […]
बेरोजगारलाई कृषि विकास बैंकमा अवसर
काठमाडौं । कृषि विकास बैंकले कर्मचारी आवश्यकताको बिज्ञापन प्रकाशन गरेको छ । बैंकले सूचना जारी गरी २ सय ६० जना कर्मचारी माग गरेको हो । विभिन्न तहमा गरि देशभरका शाखाहरुमा आवश्यक जनशक्ति माग भएको छ । बैंकले लेखा अधिकृत सिए सातौ तह , व्यवसाय अधिकृत सातौ तह त्यस्तैगरी व्यवसाय सहायक स्तर पाँचौ तह, लेखापाल […]
यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति
सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा […]
माओवादीका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार
दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी […]
चीनले रेलमार्गबारे महरासंग यसो भन्यो
काठमाडौँ । चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार थप प्रक्रिया अगाडि बढाउने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो । परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमबारे आफूले नेपालका सबै प्रमुख दलका […]
रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ । शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो । पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]