चुनाव हारेपछि एमालेका एक उम्मेदवारले गरे आत्महत्या

सिरहा । चुनावमा जीतहार अनिवार्य सर्त हो । हारलाई सहजै स्वीकार गर्न नसक्दा सिरहामा एक उमेद्वारले आत्महत्या गरेकाे खबर  छ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका हुन् ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या गरेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले बिहिवार (आज) आत्महत्या गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...