दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको खेल वर्षाका कारण रद्द, दुबैले अंक बाँडे

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्द भएको छ । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि खेल शुरु हुन सकेन र दुबैले १–१ अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराज सिंहको सन्यास

एजेन्सी ।  भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन् । मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको […]

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूले पूर्वराष्ट्रपति जरदारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेका हुन् । उता, जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले सरकारमाथि राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ । जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् र उनले भ्रष्टाचारकै अभियोगमा विगतमा पनि कैयौँ वर्ष […]

भक्तपुर नगरपालिकाले दिन शुरु गर्यो शैक्षिक ऋण

  भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ । ६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो । आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन् । भक्तपुर […]

नेयमारविनै ब्राजिलको होन्डुरसमाथि ७ गोल !

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]

पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन

एजेन्सी । आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]

विश्वकप क्रिकेटमा अष्ट्रेलिया बिरुद्ध भारतको सानदार जित

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३६ रनको जित हात पारेको छ। लण्डनमा सम्पन्न खेलमा जित दर्ता गरेसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ। सन् २०१५ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो जसको बदला समेत भारतले लिएको छ। प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित […]

नासाद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकलाई खोल्ने घोषणा, शुल्क प्रतिदिन ३५ हजार डलर

अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०२० देखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ। नासाले पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिने जनाएको छ। आईएसएसका सहायक निर्देशक रोबिन गेटिन्सका अनुसार प्रत्येक […]

गोवाको यो गाउँ ११ महिना पानीमुनि हुन्छ, एक महिना मात्र देखा पर्छ

भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। […]

पश्चिमा विश्व चिनियाँ कम्पनीसँग झस्किनुका पाँच कारण

गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई ‘विदेशी प्रतिद्वन्द्वी’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेपछि गुगलले ह्वावेईका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो। ट्रम्पको उक्त निर्णय […]