सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

दार्चुला, १९ गते । शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५÷७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् । तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका […]

उपाकुमार्ग खुलाइँदै

काठमाडौँ, १९ भदौँ । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । उक्त समझदारीअनुसार यस वर्षको लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त […]

काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी

भक्तपुर, १८ भदौ । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका¬–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो । […]

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक समितिमा पठाइयो

विराटनगर, १८ भदौ । मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक समितिमा पठाइयोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश सवारी […]

राजस्व विभागद्वारा सुन प्रकरणमा मुद्दा दायर

वीरगञ्ज, १८ भदौ । राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो । विभागले आफ्नो अनुसन्धान […]

पौडी छनोट हुने

काठमाडौँ, १८ भदौ । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले यही भदौ २४ र २५ गते नवौँ ‘एनएसए कप’ पौडी प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित एवं भव्यरुपमा सम्पन्न गर्न नेपाल पौडी सङ्घले नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ […]

जीप दुर्घटनामा तीनको मृत्यु

वालिङ, १८ भदौ । स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् । घाइतेको पाल्पास्थित […]

१४ स्थानमा नागरिक सहायता कक्ष

काठमाडौँ, १८ भदौ । यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ । यातायात व्यवस्था कार्यालयमा आज विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको […]

अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

काठमाडौँ, १८ भदौ । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रियसभा अध्यक्ष मुन हि–साङ बीच भेटवार्ता भएको छ । कोरियाका राष्ट्रियसभा अध्यक्षको कार्यालयमा आज भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । प्रेस संयोजक […]

एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली

काठमाडौँ, १८ भदौ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन […]