काठमाडौँ, १९ भदौ । खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न सांसदले आग्रह गर्दै खानेपानीको पहुँचलाई विस्तार गर्न सुझाव दिएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्याङ्कअनुसार हाल खानेपानीको पहुँच ८० प्रतिशतभन्दा माथि छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ माथि सो सुझाव दिँदै खानेपानीको […]
Author: Desk Nonstop
मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, १९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री […]
‘न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित’
काठमाडौँ, १९ भदौ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए÷नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो । बैठकलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण […]
प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने
काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनि गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको […]
अब एटिएमबाट ६० हजार मात्र
काठमाडौँ, १९ भदौ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको […]
एनओसीको निर्वाचन स्थगित
काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]
डेङ्गुका बिरामी ११ पुगे
दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]
लागुऔषधरहित समाजको खाँचो
काठमाडौँ, १९ भदौ । लागुऔषधरहित समाज निर्माणका लागि साझा प्रयत्नको आवश्यकता औल्याइएको छ । आसरा सुधार केन्द्र रानीवारीको २१ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले लागुऔषध नियन्त्रणका लागि घरपरिवारनै लाग्नुपर्ने उल्लेख गरे । उनले केन्द्र विशुद्ध कल्याणकारी र परोपकारी सेवा भावका साथ मन, वचन र कर्मले […]
भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट
भक्तपुर, १९ भदौ। भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो । मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने […]
अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने
दार्चुला, १९ भदौ । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै […]











