घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि […]

अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते

काठमाडौँ । अमेरिका र इसराइलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको खुलेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गरेर लेखेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका-इसराइलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएको उल्लेख छ। खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ। डिसेम्बर […]

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट […]

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल […]

गोकुल बास्कोटा भन्छन् : कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ […]

‘विशेष महाधिवेशनकै कारण हार’ : सांसद बस्नेतद्वारा सभापति थापाको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित कांग्रेसका राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सांसदहरूबीचको परिचय तथा अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन्। बस्नेतले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको दाबी गरे। […]

खाडीमा द्वन्द्व चर्किँदा उडान प्रभावित, फर्कने यात्रुको संख्या बढ्यो

काठमाडौं । पछिल्लो एक सातामा नेपालबाट मध्यपूर्वी देश जानेभन्दा उताबाट फर्कने यात्रुको संख्या बढी देखिएको छ। क्षेत्रीय द्वन्द्वका कारण हवाई उडान प्रभावित भएपछि यस्तो अवस्था देखिएको हो। इजरायल र अमेरिका ले केही सातादेखि इरान मा आक्रमण गरेपछि इरानको जवाफी हमलासँगै मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ। यसका कारण खाडी क्षेत्रका हवाई उडानहरू प्रभावित भएका छन् र […]

निर्वाचन सकिएपछि बजार महँगियो, अंगुरको भाउ बढ्यो

काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले अंगुरको भाउ बढेको देखाएको हो । बजारमा कालो र हरियो गरी दुई प्रकारका अंगुर किन्न पाइन्छ । बुधबार दुवै प्रकारका अंगुरको भाउ बढेको छ । समितिको तथ्यांक अनुसार हरियो अंगुरको भाउ मंगलबारको तुलनामा बुधबार प्रतिकिलो थोकमा औसत […]

हर्क साम्पाङको श्रम संस्कृति पार्टी राष्ट्रिय दल, पाँच दल पुरानै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। तीमध्ये एउटा नयाँ दल रहेको छ भने पाँच वटा दल पुरानै रहेका छन्। यस पटक राष्ट्रिय दलको मान्यता पाउने नयाँ दल श्रम संस्कृति पार्टी हो। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्नुका साथै समानुपातिकतर्फ आवश्यक ३ […]

राउतको अवकाशपछि नयाँ प्रधान न्यायाधीशको खोजी : ६ न्यायाधीशको नाम अघि बढ्यो

काठमाडौं । भावी प्रधान न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले ६ जना सर्वोच्च अदालतका न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण आगामी चैत १८ गते अवकाशमा जान लागेपछि नयाँ प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। परिषद्ले सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद […]