आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागु, प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु […]

ओलेले सोधे – मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मुलुक जलाउने र अराजकता […]

हामी दुर्घटनामा परेका थियौं, बाहिर निस्कन सफल भयौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ […]

ओलीको प्रश्न – दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए । हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो […]

विप्लव र मिराज ढुंगानाबिच भयो ४ बुँदे सहमति

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो । नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल […]

गगनको दस्ताबेज बुझेपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले के भने ?

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् । कानुनले तोकेको मितिभित्र छिट्टै निरुपण हुन्छ । कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म चयन भएका गगन थापाले बिहीबार निर्वाचन आयोग पुगेर माघ ३ गते शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउन आग्रह गरेका थिए । थापा नेतृत्वको […]

एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने

काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’ अध्यक्ष […]

सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्। ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन […]

गगन थापाको नेतृत्वमा बन्यो निर्वाचन घोषणापत्र समिति, अद्यावधिकका लागि पुग्यो आयोग

काठमाडौँ । विशेष महाधिवेशनपछि बसेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति निर्माण गरेको छ । सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको हाे । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत […]

गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीसँगै अकां महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ । भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा […]