रवि लामिछानेलाई थुनामै पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका […]

महालक्ष्मी विकास बैंकको पौने ३ करोड रकम हिनामिना, शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ

काठमाडौँ । महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वर दार्चुलाको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा […]

नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता बुझाइहरूलाई उनले ‘कच्चापन र बचपना’को संज्ञासमेत दिएका छन् । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ […]

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । […]

सुर्खेतको चौकुनेमा अटो दुर्घटना, ६ जना घाइते, ५ महिने शिशुको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा आइतबार बिहान अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, चौकुने गाउँपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट […]

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरियाे हड्डी, दुई जना पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका […]

शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य गर्न युरोपेली राष्ट्रहरूको माग

काठमाडौं । युरोपेली राष्ट्रहरूले युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिकाले रसियासँग गर्न लागेको शान्ति वार्तामा किभको सहभागिता अनिवार्य हुनुपर्ने माग गरेका छन् । उनीहरूले रसियासँगको कुनै पनि शान्ति वार्तामा किभ (युक्रेन) लाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने अडान लिएका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । अमेरिकी […]

उत्तर कोरियासँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।  उत्तर कोरियासँग नेपाल ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो । समूहको […]

संवादमा जुटे माधव–झलनाथ, भुसाल र हमाल साक्षी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए । अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव […]

रूस–युक्रेन युद्धविरामका लागि युरोपेली नेताहरूले राखेका पाँच सर्त

काठमाडौँ । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन्। ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका हुन्। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गरेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुटनीतिक […]