गोली हानेर जनकपुरबाट प्रहरीले समात्यो दुई जना लागुऔषध कारोबारी

जनकपुर । प्रहरीले गोली हानेर २ जना लागुऔषध कारोबारीलाई समातेको छ ।  लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको टोलीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एक अधिकृतले बताए । प्रहरीको गाेली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ […]

नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं ।‍ सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]

आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । […]

कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री

काठमाडौँ । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ […]

हुलाकी सडकबारे रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने सांसदको चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा संसद्‌मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए । आफूले संसद्‌मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे […]

तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ […]

अझै फेला परेनन् भारत उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली, नामलिस्टसहित

काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् । भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा […]

आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका […]

आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली […]