सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन […]

निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिएका थिए । त्यसपछि प्रधानमन्त्री रहमानले पनि शुभकामना सन्देश जारी गरेर नेपालको लोकतान्त्रिक अभ्यासको […]

समानुपातिक तर्फ १ करोड ३ लाख मत गणना, कुन दलकाे मत कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम […]

पश्चिमी वायुको प्रभाव : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा […]

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् । उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त […]

गगन थापाले भने- सभापति पदबाट म राजीनामा दिन्छु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्। उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो। ‘म सभापति पदबाट राजीनामा दिन्छु,’ सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा […]

विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा

काठमाडौँ । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ । पछिल्लो अपडेटअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले निकै ‘अस्वस्थ’ मानिन्छ । आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ भने सर्वसाधारणले […]

नवनिर्वाचित राष्ट्रियसभाका १८ सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् । माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका […]

बालेन शाहले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन्। नेता बालेनले झापा ५ को प्रतिनिधि सभा चुनावमा भएको खर्च विवरण आज निर्वाचन आयोगलाई जानकारी गराएका हुन्। चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी बालेनले आयोगलाई दिएका हुन्। फागुन २१ गते भएको निर्वाचनमा […]

समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत प्राप्त गरेको छ। यस्तै राप्रपा २ लाख ६९ हजार ८५९ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा […]