लण्डन । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो। अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार बिहान एसियाली […]
Author: ननस्टप संवाददाता
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, कहाँ कसको अग्रता ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा-१ मा, नेपाली कांग्रेसले इलाम-१ मा तथा नेकपा एमालेले सङ्खुवासभा-१ मा […]
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । […]
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार हुँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको […]
इलाम- १ मा कांग्रेस र श्रम शक्तिबीच कडा टक्कर
काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् । कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ […]
भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान
नयाँदिल्ली । भारतले आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक च्याम्पियन बनेको हो। लगातार दोस्रो पटक उपाधि जितेको भारतले यसअघि सन् २०२४ र २००७ मा विश्वकपको उपाधि जितेको थियो। भारत तीन पटक विश्वकप जित्ने र लगातार दुई पटक विश्वकपको उपाधि […]
काठमाडाैँ उपत्यकामा वायु प्रदूषण उच्च
काठमाडौँ । काठमाडाैँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन् जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ। लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो ।आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं […]
समानुपातिकतर्फ ४४ लाख मत गणना हुँदा कुन दलले कति पाए ?
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो । […]
तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज […]
ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी
काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता […]











