प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे । ‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई […]

अनुदानका लागि जिवित व्यक्तिलाई मृत घोषणा, दुई कर्मचारी पक्राउ

धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले बताए । पक्राउ परेकामध्येका धामी शैल्यशिखर […]

एमाले निर्णयबारे माओवादी महासचिवले खोले मुख

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिवन्ध नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको टिप्पणी गरेका छन्। गत मंगलबारको एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको छ। ‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ […]

बेपत्ता रूसी विमान दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित नरहेको आकलन

काठमाडौँ । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ। बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ। टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो। जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन […]

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको […]

बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १५ घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको […]

आजको प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने, तीन समिति बैठक बस्ने

काठमाडौँ। आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि […]

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, […]

अमेरिकामा ५५० अर्बको लगानी गर्दै जापान, ट्रम्पले घटाए भन्सार दर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग नयाँ भन्सार सम्झौता गरेका छन्। रोयटर्सका अनुसार जापानबाट अमेरिकामा निर्यात हुने गाडीका भन्सार महसुल घटाउने र त्यसको सट्टामा जापानले ५५० अर्ब अमेरिकी डलरको लगानी र ऋणको प्याकेज घोषणा भएको हो। अहिले जापानबाट अमेरिका जाने गाडीमा २७.५ प्रतिशत भन्सार महसुल तोकिएको छ। अब भन्सार दर घटाएर १५ प्रतिशतमा ल्याउने […]

चिकित्सक संघ आक्रोशित, फेरि सशक्त आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरेर पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सङ्घ र नेपाल सरकारबिच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति भए पनि हालसम्म […]