काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।







