लुम्बिनीमा कांग्रेसबाट केसी र घिमिरे निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए । यस्तै कांग्रेसबाटै बासुदेव घिमिरे पनि निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग […]

गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना र महिलाबाट एमालेकी देवकोटा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए । त्यस्तै महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् । गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो […]

राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित

विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, […]

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । […]

प्रलोपासंग तालमेलपछि रुकुम पश्चिम र पूर्वमा एमालेले जनार्दन र पुनलाई मत दिने

काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति हुँदा एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ । तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन […]

राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय […]

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ : रामप्रसाद भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् । रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ । ‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ […]

राष्ट्रिय सभामा नेकपा दलको नेता बेदुराम र प्रमुख सचेतकमा गरिमा नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको […]

कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो। उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो […]

राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय […]