कर्णाली विकास बैंक घोटाला प्रकरण : सवा ३ अर्ब हिनामिना, १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ । यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय उच्च […]

रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने

रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन १२ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ। गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। […]

अनन्त भन्छन्- प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड’ हुन्, उनलाई दोष दिने प्रवृत्ति रोक्नुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको पुनको भनाइ थियो […]

भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव सुर्खेतमा फेला

सुर्खेत । रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव पनि सुर्खेतमा फेला परेको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका टिपर चालक २० वर्षीय हरि विकको शव फेला परेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए। भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा शुक्रबार फेला परेको विकको शवको शनिबार […]

गाजामा प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषित

गाजा ।  गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ। बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्। यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी […]

भारतको नयाँ दिल्लीबाट फर्काइए भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई […]

एमाले निर्णयको प्रतिवाद गर्न पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । पत्रकार सम्मेलनमार्फत एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा […]

बौद्ध धर्मावलम्बीहरुको एक महिने गुँला पर्व आजदेखि सुरु

काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको छ […]

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् संशोधन विधेयक

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा […]

लगातार ८ दिनदेखि बढ्यो सेयर बजार

काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ । बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ ः ३८ बजे २९९० अंकमा […]